पोखरामा पोलियोविरुद्ध सचेतना जगाउँदै रोटरीको सडक नाटक

पाेखरा | कात्तिक ८, २०८१

पोखरामा पोलियोविरुद्ध सचेतना जगाउँदै रोटरीको सडक नाटक

पोखरा:   पोखरामा रोटरी इन्टरनेशनलले पोलियो उन्मूलनका लागि सचेतना अभियान अन्तर्गत सडक नाटक प्रस्तुत गरेको छ । 


रोटरी इन्टरनेशनलले ‘इन्ड पोलियो नाओ’ विशेष अभियानसँगै पोलियो उम्मूलनका लागि सडक नाटक प्रस्तुत गरिएको रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२  नेपाल–भुटान गभर्नर इक्लेक्ट बिनोद कोइरालाले बताए । 


‘रोटरीले वार्षिक रुपमा अक्टोबर २४ तारिखलाई विश्व पोलियो दिवसको रुपमा विश्वव्यापी रुपमा जनचेतना फैलाउँदै पोलियो उम्मूलनका लागि कार्यक्रम गर्दै आएको छ’, कोइरालाले भने, ‘अभियान अन्तर्गत आज विश्वभर नै कार्यक्रम भइराखेका छन्, पोखरामा हामीले आज सडक नाटकसँगै विभिन्न कार्यक्रम मनाइरहेका छौं ।’


उनले अझै पनि पोलियो उन्मूलन गर्न नसकिएकाले जनचेतना मुलक कार्यक्रम गरेर नेपालको सातै प्रदेशमा ‘इन्ड पोलियोे नाओ’ विशेष अभियान सञ्चालन गरिएको बताए । 

 


रोटरी इन्टरनेशनलले विश्व पोलियो दिवसको अवसरमा आयोजना गरेको सडक नाटकमा समिप सापकोटा, सनिता थापा, रश्मी पराजुली, शिक्षा मगर, उमंग शर्मा, स्वतिका सापकोटा, आयुषा वाग्ले, आकृति ढकाल, आशिष पौडेल, शान्तराम तामाङ, इश्वरी चापागाइ, रोटरी, युवराज लामिछाने, रोटरी सुमिना दाहाल, मिस्टर विष्णु कार्की, रोटरी शिष्टता चापागाइ र रोटरी प्रदिपती केसीले अभिनय गरेका थिए । 


सडक नाटकमा बच्चाहरुलाई पोलियो थोपा खुवाउने र स्वास्थ्यमा कुनै समस्या देखिए स्वास्थ्य स्वास्थ्यमा जाँच गराउनुपर्ने सन्देश प्रवाह गरिएको थियो ।

 

 


सन् १९०५ मा अमेरिकाको सिकागो सहरबाट सुरु भएको रोटरी इन्टरनेशनल संसारको सबैभन्दा पुरानो सेवामूलक सामाजिक संस्था हो । विभिन्न मुलुकमा ४६ हजारभन्दा बढी रोटरी क्लब ५३८ वटा डिष्ट्रिक्टहरुअन्तर्गत आबद्ध छन् । साथै १२ लाखभन्दा बढी सदस्य रोटरी सेवामा सक्रिय रहेको संस्थाले जनाएको छ ।    


नेपालमा रोटरीको सुरुवात सन् १९५९ मा भएको थियो । सन् २००८ जुलाई महिनादेखि नेपालमा छुट्टै रोटरी डिष्ट्रिक्ट ३२९२ को स्थापना भएको हो । हाल नेपालमा १६१ वटा रोटरी क्लबले स्थानीयस्तरसँगै राष्ट्रियस्तरमासमेत विभिन्न कार्य गर्दै आएका छन् ।  


  
 

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।  बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...

थप पढ्नुहोस्

अन्र्तराष्ट्रिय:  नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

थप पढ्नुहोस्